हुवावेईद्वारा ६ करोड डलर लगानी

हुवावेईद्वारा ६ करोड डलर लगानी

लुआन्डा । चीनको प्रविधि क्षेत्रको कम्पनी हुवावेईले अफ्रिकी मुलुक अङ्गोलामा दुई ओटा प्रविधि तालिम केन्द्रहरु निर्माणका लागि ६ करोड डलर लगानी गरेको छ ।

हुवावेई अङ्गोलाका प्रतिनिधि चु सियाओसिनले राष्ट्रपति जोआओ लोरेन्कोसँगको भेटमा उक्त जानकारी दिएका हुन्।

ती केन्द्रमा करीब २ हजार जना युवाले दूरसञ्चार र सूचना प्रविधिका क्षेत्रमा नयाँ ज्ञान प्राप्त गर्न सक्ने हुवावेईले बताएको छ ।हुवावेईका प्रतिनिधि चुले पछिल्लो परियोजनाले अङ्गोलामा डिजिटल अर्थतन्त्रको विकासमा योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

अफ्रिकी महादेशका धेरै देशमा चीनले केही वर्षदेखि दूरसञ्चार, पर्यटन, सडक, रेल समेतका पूर्वाधार निर्माणमा लगानी विस्तार गरिरहेको छ । रासस/ सिन्ह्वा

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *