हेटौंडामा बस टर्मिनल भवन निर्माण गरिने, उपमहानगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता

हेटौंडामा बस टर्मिनल भवन निर्माण गरिने, उपमहानगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता

हेटौडा । हेटौडा उपमहानगरपालिका र नगर विकास कोषबीच हेटौडा बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता भएको छ ।

हेटौडा बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतबीच रू २० करोड ६९ लाख ९८ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । यस हेटौडा बस टर्मिनल भवन आयोजनाको निर्माणको कुल अनुमानित लागत रू. ३४ करोड ४९ लाख ९७ हजारको ६० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ४० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

बाग्मती प्रदेशको राजधानीसमेत रहेको हेटौडा उपमहानगरपालिकाको सौन्दर्यताको लागि सुविधासम्पन्न बस टर्मिनल भवन क्षेत्रमामा सानाठूला गरी १३० ओटा गाडीहरु एकै साथ पार्किङ्ग गर्न सकिने सुविधा रहनेछ ।

व्यवसायिक भवनभित्रको २ तलामा ९० वटा चार पाङग्रे र २५० वटा दुई पाङग्रे सवारी साधनका लागि पार्किङ्ग सुविधा रहने छ । यसले हेटौडा बजारमा रहेको अव्यवस्थित पार्किङलाई न्युनीकरण गरी सुविधायुक्त पार्किङ व्यवस्थापनमा सहयोग पुग्ने छ । यस आयोजनाबाट उपमहानगरपालिकाको आर्थिक वृद्धिमा समेत टेवा पुग्ने हेटौंडा उपमहानगरपालिकाका मेयर महतले बताउनु भयो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *