हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास

हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास

हेटौंडा । मकवानपुरको हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास गरिएको छ ।

प्रदेश सरकारले ५ करोड रुपैयाँको लागतमा निर्माण सुरु गरेको सभाहलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । सभाहल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश राजधानीमा आधुनिक सभाहलको आवश्यकता भएका कारण सुविधा सम्पन्न सभाहल निर्माण गर्न लागिएको बताए ।

हेटौंडा उपमहानगरपालिका हाताभित्र रहेको खाली जमिनमा निर्माण सुरु गरिएको सभाहल निर्माणको जिम्मा संरक्षण निर्माण कम्पनीले लिएको छ । सो कम्पनीले २०७९ वैशाख १९ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने गरी ५ करोड २६ लाख रुपैयाँमा ठेक्का सकारेको हो ।

Leave a comment

1 Comment

  1. मलाई बागमती प्रदेश को खबर मन पर्यो ।

Send a Comment

Your email address will not be published. Required fields are marked *