हेटौंडा । हेटौंडा-१४ बनेलधाप र मयुरधापमा मेसीनरी वाल निर्माण सुरु गरिएको छ । साथै स्लाब ढलाइको शिलान्यास समेत गरिएको छ । दुबै कामको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभयो । हेटौंडाका वडाका टोलटोलमा बिकासका कामले फड्को मारेको मेयर महतले वताउनुभयो ।
यो तीन वर्षको अवधिमा धेरै महत्वपुर्ण कामहरु भएको वताउनुभयो । १५ लाख रुपैयाँ लागतमा मेसीनरी वाल निर्माण गर्न लागिएको हो । त्यसैगरी ३७ लाख रुपैयाँ लागतमा स्लाब ढलानको सुरुवात गरिएको मेयर महतले वताउनुभयो ।
कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्का लगायतकाको सहभागिता रहेको थियो ।
Leave a comment