हेभी इक्विपमेन्ट व्यवसायी महासंघका पदाधिकारीलाई कुँवरले दिए बधाई तथा शुभकामना

हेभी इक्विपमेन्ट व्यवसायी महासंघका पदाधिकारीलाई कुँवरले दिए बधाई तथा शुभकामना

‘हजूरलाई नमस्ते’ ट्रेड लिङ्क प्रा.लि.का अध्यक्ष ताराबहादुर कुँवरले नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा नयाँ वर्ष २०७८ को शुभकामना दिनु भएको छ ।

कम्पनीको तर्फबाट काठमाण्डौंमा एक कार्यक्रमको गरी उहाँले नेपाल हेवी इक्विपमेन्ट व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी तथा ट्रक व्यवसायी समितिका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको हो । सो अवसरमा उहाँले नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मानसमेत गर्नुभएको थियो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराले हजूरलाई नमस्ते ट्रेड लिङ्क प्रा.लि.ले प्रकाशन गरेको २०७८ सालको पात्रो सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा हजुरलाई नमस्ते ट्रेड लिङ्क प्रा।लिका सद्भावनादूत वरिष्ठ लोक तथा दोहोरी गायक बद्री पंगेनीले प्रस्तुती दिनुभएको थियो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *