१ अर्ब लगानीमा मन्त्री क्वाटर लगभग तयार

१ अर्ब लगानीमा मन्त्री क्वाटर लगभग तयार

ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वाटर निर्माण तीव्र गतिले बढिरहेको छ। मन्त्री क्वाटरका संरचनागत काम लगभग सक्किएका छन्। क्वाटरभित्र रङरोगन, झ्याल, ढोकादेखि विद्युतसम्मका काम बाँकी छन्।

भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भइरहेको छ। ठेक्का सम्झौताअनुसार मन्त्री निवास आउँदो कात्तिकसम्म तयार भइसक्नु पर्नेछ। सहरी विकास मन्त्रालयले कोभिड-१९का कारण समयमा काम सम्पन्न नहुने देखिएकाले चार महिना समय थप्ने तयारी गरिरहेको छ।

मन्त्री क्वाटरको निर्माण सम्पन्न छिट्टै हुने देखिए पनि मन्त्रीहरू तत्काल सर्न पाउने छैनन्। सहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभागले मन्त्री क्वाटरसँगै अन्य संरचना पनि तयार गर्दैछ। हेलिप्याड, स्विमिङ पुल, ग्रोसरी भवन, सुरक्षाका लागि बस्ने प्रहरीका लागि ३ वटा ब्लक भवन, फाउन्टेनसँगको बगैंचा बनाउने कामको अझै ठेक्का भएको छैन। दोस्रो चरणको कामको ठेक्कामा ढिलाइले मन्त्री क्वाटर निर्माण सम्पन्न भएपछि पनि प्रयोगविहीन हुने सम्भावना छ।

आयोजनाका प्रमुख इन्जिनियर प्रमोदकृष्ण कर्माचार्यले सेकेन्ड फेजको कामपछि मात्र भवन बस्न योग्य हुने बताए …

यो समाचार सेतोपाटी डट कमबाट साभार गरिएको हो । यो खबर सेतोपाटीमा पढनको लागि कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *