३६ वटा सडकलाई ५३ करोड बजेट

३६ वटा सडकलाई ५३ करोड बजेट

लमजुङमा गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३६ वटा सडक योजनाको लागि बजेट विनियोजन गरेको छ । जिल्लाको विभिन्न स्थानीय तहका सडक निर्माण, मर्मतसम्भार तथा स्तरोन्नतिका लागि ५३ करोड बढी बजेट विनियोजन गरेको हो ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले पूर्वाधार विकास कार्यालयमार्फत बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले बजेट विनियोजन गरेको सडक योजनामध्ये ६ वटा सडक योजनाका लागि एक करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये सवैभन्दा बढी करापुटार–डढुवा–साल्मे–भन्ज्याङ–मालिङ–कपुरगाउँ सडकका लागि बजेट विनियोजन गरेको छ । दुई खण्डमा काम भएको उक्त सडकअन्तर्गत पहिलो खण्ड डढुवा–मालिङका लागि १९ करोड ७२ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ । सो सडक खण्डका लागि प्रदेश सरकारले समपूरक स्रोतमा ११ करोड २७ लाख विनियोजन गरेको जनाएको छ ।

यसैगरी करापुटार–डढुवा–साल्मेभन्ज्याङ–मालिङ–कपुरगाउँ सडकअन्तर्गत दोस्रो खण्ड रामबजार–डढुवासम्मका लागि छुट्टै १४ करोड ८४ लाख रुपैयाँ विनियोजन गरेको छ । सो सडक खण्डका लागि पनि आठ करोड ४८ लाख रुपैयाँ समपुरक स्रोतबाट विनियोजन गरिएको प्रदेश सरकारले प्रकाशित गरेको रातो किताबमा उल्लेख छ ।

प्रदेश सरकाले सार्वजनिक गरेको रातो किताबमा उल्लेख भएअनुसार बेसीसहर–बाग्लुङ–पानीघलेगाउँ–भुजुङ सडकका लागि नौ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ । सोबाहेक बेसीसहरको उदिपुर–रिठ्ठेबगर–रामचोक–बेसी–नौथर शेरा जोड्ने सडक र क्होलासोँथारको सिङदी–पसगाउँ बगैचा जोड्ने सडकका लागि ६÷६ करोड बजेट विनियोजन भएको छ । त्यसैगरी जिल्लाको राईनास नगरपालिकाअन्तर्गत पर्ने नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडकका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको प्रदेश सरकारको रातो किताबमा उल्लेख छ …

यो समाचार कारोबार डेल्ली डट कमबाट साभार गरिएको हो । यो खबर कारोबार डेल्ली डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *