३ अर्बकाे लागतमा यस्ताे बन्दै छ विराटनगर विमानस्थलकाे नयाँ टर्मिनल भवन

३ अर्बकाे लागतमा यस्ताे बन्दै छ विराटनगर विमानस्थलकाे नयाँ टर्मिनल भवन

काठमाडौं l नेपाल नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्चेर विराटनगर विमानस्थलमा आधुनिक र सुविधा सम्पन्न टर्मिनल भवन बनाउने भएको छ। प्राधिकरणले विराटनगर विमानस्थलमा बन्ने टर्मिनल भवन सञ्चालनमा रहेको विमानस्थलमध्ये सबै भन्दा ठूलो टर्मिनल भवन बने दाबी गरेको छ।

प्राधिकरणले विमानस्थल विस्तारका लागि गुरुयोजना समेत बनाइसेको छ। गुरुयोजना अनुसार प्राधिकरणले विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण सँगै विमानस्थलको विकास र स्तरोन्नतिका लागि जग्गासमेत अधिग्रहण गर्ने भएको छ।

१ सय २६ विघा जग्गा अधिग्रहणका लागि सूचनासमेत गरिसेकेको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए। विमानस्थलमा हवाई यात्रुको चाप बढ्दै गएको र पछि क्षेत्रीय अन्तर्राष्ट्रिय उडनलाई समेत मध्यनजर गर्दै टर्मिनल भवन निर्माण गर्ने जनाएको छ।

प्राधिकरणले अहिले देशभर सञ्चालनमा रहेको विमानस्थल विस्तार तथा स्तरोन्नतिको काम गरिरहेको छ। सोही अनुसार केही समय अगाडि मात्रै प्राधिकरणले जनकपुरमा निर्माण भएको टर्मिनल भवन समेत सञ्चालनमा ल्याएको छ।

प्राधिकरणले विराटनगर, नेपालगञ्ज तथा चितवनको भरतपुर विमानस्थल समेत विस्तार गर्ने गरी काम अगाडि बढाइरहेको छ। ‘उडान संख्या बढ्दै गएका तराईका विमानस्थलमा आधुनिक र सुविधासम्पन्न टर्मिनल निर्माण गर्ने योजनाअनुसार विराटनगरमा टर्मिनल बनाउन लागिएको हो,’ पोखरेलले भने, ‘ विराटनगर विमानस्थलमा टर्मिनल भवनका लागि डिजाइनको काम सकिएको र खरिद प्रक्रिया अघि बढाउन थालिएको हो।’ विराटनगर विमानसथलमा अहिले ८ स्य २५ वर्गमिटरमा बनेको पुरानो टर्मिनल भवनबाट काम भइरहेको छ।

अब ८ हजार ९ सय ७७ वर्गमिटर क्षेत्रफलमा नयाँ आधुनिक र सुविधासम्म टर्मिनल भवन निर्माण गर्ने पोखरेलले जानकारी दिए। उनका अनुसार विराटनगरमा बन्ने टर्मिनल भवन देशकै ठुलो आन्तरिक उडान तर्फका टर्मिनल भवन हुने छ।

नयाँ बन्ने टर्मिनल भवनमा सपिङदेखि प्लेइङ स्पेसको सुविधा हुने पोखरेलले जनाकारी दिए।

टर्मिनलसँगै विमानस्थलमा धावनमार्ग विस्तार तथा ट्याक्सी–वे निर्माण गर्न भन्दै प्राधिकरणले १२६ विघा निजी जमिन अधिग्रहण गर्ने गरी चैत २३ गते सोमबार सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले सार्वजनिक सूचना जारी गरेका छन। जग्गा अधिग्रहणमा १० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। विराटनगर विमानस्थलको धावन मार्ग अहिले १५ सय मिटर लामो छ। यसलाई बढाएर २५ सय देखि ३ हजार मिटरसम्मको बनाउने प्राधिकरणको लक्ष्य छ।

यो समाचार नेपाल लाईभ डट कमबाट साभार गरिएको हो । यसलाई नेपाल लाईभ डट कममा पढ्न कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://nepallive.com/story/242934

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *