५८ करोडको खानेपानी ४ महिनाभित्र सदरमुकाममा

५८ करोडको खानेपानी ४ महिनाभित्र सदरमुकाममा

इलाम । ५७ करोड ९५ लाख रुपैयाँको लागतमा शुरुभएको इलामको खानेपानी आयोजनाले अवको चार महिनामा सदरमुकाममा पानी खसाल्ने बताएको छ । कोभिड–१९ का कारण गरिएको लकडाउनले काममा केही ढिला भएपनि अवको चार महिनामा योजना सम्पन्न गर्ने गरी काम भइरहेको हो । माइमझुवाको मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीब्र गतिमा भइरहेको आयोजनाका इन्जिनियर मेघराज धिमालले बताए ।

२३ किलोमिटर लामो पाइप लाइन रहेको आयोजनामा तीन किलोमिटर पाइप लाइन जडान गर्न मात्र बाँकी रहेको छ । सेडिमेन्टेनशन ट्याङ्की तीन वटा जस्बीरेमा छन् । जसको काम पनि सम्पन्न हुन लागेको छ । त्यसपछि पानीलाई शुद्धिकरण गर्नका लागि चारखाँदेमा शुद्धिकरण ट्याङ्कीहरु पनि निर्माण सम्पन्न भइसकेका छन् ।

अहिले फिनिसिङ गर्ने काम भइरहेको धिमालको भनाई छ । चारखाँदेबाट आयोजनाको १० वटाआरबीटी ९ट्याङ्की० बनाउने काम समेत धमाधम भइरहेको र केही सम्पन्न भइसकेको बताइएको छ । नगरपालिकामा यसअघि आपूर्ति हुँदै आएको गिताङ खोलाबाट १६, मेवा र राते खोलाबाट दश–दश लिटर तथा भाँडीखोलाबाट प्रतिसेकेन्ड पाँच लिटर पानी ल्याइने छ । वितरण पाइप लाइनसहित एक सय ५० किलोमिटरमा एक सय २० किलोमिटरको काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत इलाम नगरपालिका ६, ७, ८ र ९ कानगरका ४ हजार १ सय धारामा चौबीसै घण्टा खानेपानी आउने छ । प्रतिसेकेन्ड ४१ लिटरका दरले पानी आउने जनाइएको छ ।

इलाम शहरी खानेपानी आयोजनाको काम७५ प्रतिशत सम्पन्न भइसकेको रअहिले काम तीब्र रुपमा भइरहेकाले बढीमा चार महिनाभित्र उपभोक्ताको धारामा पानी झर्ने धिमालको भनाई छ । आयोजना सम्पन्न भएपछि चार हजार एक सय घरपरिवारलाई नेपाल सरकारको मापदण्डअनुसारको पिउने पानी उपलब्ध गराइनेछ । घरमा जडान गर्नका लागि दुई हजार घरसम्म पाइपलाइन पुर्याई सकिएको छ । मिटर र धारा जडान गर्न मात्र बाँकी रहेको छ ।

एसियाली विकास बैंक ९एडिबी०को मुख्य लगानी रहेको आयोजनाको रमण कन्स्ट्रक्सन एन्ड जिआइइटिसी जेभीले काम गरिरहेको छ । २० वर्षसम्म डिजाइन अवधि रहेको आयोजनाका लागि चार वटा इन्टेक, एक हजार तीन सय ९२ घनमिटरका नौं वटा पानी ट्यांकी र चार हजार एक सय निजी धारा रहने उल्लेख छ । आयोजनाको कुल लागतको ७० प्रतिशत रकम एडिबीले ब्यहोेर्ने छ । सुरुको लागत अनुमान करिब ८३ करोड रुपैयाँको ५ प्रतिशतले हुनआउने ४ करोड भन्दाबढी कम उपभोक्ताले जम्मा गरेका थिए । २५ प्रतिशत रकम इलाम नगरपालिकाले नगर विकास कोषबाट ऋण लिएको छ । नगरपालिकाले कोषबाट १४ करोड ४८ लाख रुपैयाँ ऋण लिएको हो ।

कम्प्युटरबाटै पानीको भल्भ नियन्त्रण गर्ने
कम्प्युटरबाटै आयोजनाको पानीका भल्भहरु कन्ट्रल गर्न सकिने नयाँ प्रविधि पनि आयोजनामा लागू गर्न लागिएको हो । कार्यालयमा रहेको कम्प्युटरबाट वितरण ट्याङ्कीका गेट भल्भहरु कन्ट्रोल गर्न सकिने प्रविधिको प्रयोग गर्न लागेको हो । मानिस ट्याङ्कीसम्म नपुगी मोबाइल र कम्प्ुटरबाटै नियनत्रण गर्न सकिने बताइएको छ । यो खानेपानीका लागि नयाँ प्रविधि भएको आयोजनाका इन्जिनियर धिमालले बताए । नेपालमा पहिलो पल्ट इलाम, भोजपुर र खोटाङमा पहिलो पल्ट यो प्रविधि लागू गर्न लागिएको हो ।

यो समाचार राजधानीबाट साभार गरिएको हो । यसलाई राजधानीमा पढ्न कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://rajdhanidaily.com/id/34782/

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *