निर्माणखबर
काठमाण्डौ: पछिल्ला १ दशकबाट नेपालमा विद्युत उत्पादन तेजी ढङ्गबाट शुरु भएको छ । हाल नेपालमा १ मेगावाटभन्दा धेरै विद्युत उत्पादन क्षमता भएका विद्युत उत्पादक परियोजनाहरूको सङ्ख्या नै १५९ पुगेको छ ।
एक शय ५९ विद्युत उत्पादकबाट २९९२ दशमलव ८८ मेगावाट विद्युत उत्पादन भईरहेको विद्युत विकास केन्द्रले जनाएको छ । त्यस्तै १ मेगावटाभन्दा कम क्षमताका आयोजनाहरूको सङ्ख्या १८ छ । यिनीहरूको कुल विद्युत उत्पादन क्षमता १४ दशमलव २२२ मेगावाट रहेको बताईएको छ ।
नेपालमा पछिल्लोसमय तेजी ढङ्गले विद्युत उत्पादनको क्रममा विकास भएतापनि अधिकांश आयोजनामा सूचीकृत विद्युत उत्पादक कम्पनीहरूमा संस्थापककै लगानी रहेको छ । यसका अलवा नेपाल विद्युत प्राधिकरणको पनि धेरै जलविद्युत आयोजनामा लगानी रहेको देखिन्छ । नेपालमा सबैभन्द धेरै विद्युत उत्पादन क्षमता भएको आयोजना अपल्लोतामाकोशी हो । यो आयोजना एक्लैले ४५६ मेगावाट विद्यतु उत्पादन गर्छ । तथ्याङ्कानुसार अपि पावरको ५६ दशमलव ५० मेगावाटको ३ वटा आयोजनामा लगानी छ ।
एक मेगावाटभन्दा धेरै क्षमताका विद्युत उत्पादनको निम्ति अनुमति पाएका अन्य २४९ वटा आयोजनाहरू छन् । यिनीहरूले ९ हजार ८३३ दशमलव ८०२ मेगावट विद्युत उत्पादन गर्ने क्षमता राख्दछन् । त्यस्तैगरी निर्माणको अनुमति पाएका २३ वटा आयोजनाहरूको विद्युत उत्पादन क्षमता भने १ मेगावाटभन्दा कम रहेको छ ।
आयोजनामध्ये २३ वटाको विद्युत उत्पादन क्षमता १७ दशमलव ६३८ मेगावाट छ । नेपाल विद्युत प्राधिकरणको ५७० दशमलव ०७४ मेगावाटको १८ आयोजनामा प्रत्यक्ष लगानी देखिएको छ । निर्माणको अनुमति पाएको आयोजनामध्ये अरूण ३ को विद्युत उत्पादन क्षमता ९ शय मेगावाट छ । त्यस्तै टीला १ को ४४० र टीला २ को ४२० मेगावाट क्षमता छ ।