१३७ वर्ष पुरानो म्याग्दीको झोलुङ्गे पुल मर्मतसम्भार

१४ कात्तिक, म्याग्दी । विक्रम संवत् १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरी म्याग्दीको मङ्गलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ ।

प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन म्याग्दीको सामाजिक परिचालनमा बेनी नगरपालिकाले पुल मर्मत गरेको हो ।

१३७ वर्षअघि बागलुङको गलकोटका लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुमगाउँका स्थानीयको सीप प्रयोग गरी उक्त पुल बनाइएको स्थानीय बुढापाकाको कथन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *