हङकङ सरकारले आउँदो दशकमा ४ लाख ४० हजार घर बनाउने

हङकङ सरकारले सोमबार दीर्घकालीन आवास रणनीति वार्षिक प्रगति प्रतिवेदन जारी गर्दै अबको एक दशकमा ४ लाख ४० हजार घर बनाउने लक्ष्य राखेको छ।

आगामी १० वर्षको अवधिमा ७०:३० मा सार्वजनिक आवास आपूर्ति कायम गर्ने योजनासहित ३ लाख ८ हजार सार्वजनिक आवास एकाइ र १ लाख ३२ हजार निजी आवास एकाइको निर्माण गर्ने लक्ष्य राखिएको हो।

यसका लागि सरकारले सार्वजनिक आवासको लक्ष्य पूरा गर्न पर्याप्त जग्गा पहिचान गरिसकिएको जनाएको छ। निजी आवास निर्माणका लागि आगामी ५ वर्षभित्र जग्गा बिक्री र रेलवे सम्पत्ति विकासमार्फत करिब ८० हजार कित्ता जग्गा उपलब्ध गराउने योजना अघि सारिएको छ।

सहरी नवीकरण प्राधिकरणद्वारा सञ्चालित विकास आयोजनाहरू र अन्य निजी जग्गा विकाससँगै निजी आवास आपूर्ति लक्ष्य पूरा गरिनेछन्।

यसका साथै, आवास प्राधिकरणले सार्वजनिक आवास, हरित फारम अनुदानित घर स्वामित्व योजना र अन्य अनुदानित बिक्री फ्ल्याट निर्माण गर्न अर्को दशकमा ६०:४० को अनुपातमा काम गर्न चाहेको समेत एक सरकारी प्रवक्ताले बताए। (द स्ट्यान्डर्ड)

Leave a Reply

Your email address will not be published. Required fields are marked *