निर्माण व्यवसायीले गरे आन्दोलन घोषणा

काठमाडौं । निर्माण व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । निर्माण व्यसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन गरी ३ माघदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।

महासंघ महासचिव रोशन दाहालले सरकारसँग विभिन्न माग राख्दै आए पनि पूरा नभएपछि बाध्य भएर आन्दोलन घोषणा गर्नुपरेको बताए ।

उनका अनुसार ३ देखि ७ माघसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रालयका मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।

त्यसैगरी १८ माघमा माइतीघर मण्डलामा धर्ना, २० माघमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना र २१ माघदेखि राजधानी प्रवेश गरेर पूर्वपश्चिम नाका ठप्प पार्ने गरी चरणबद्ध आन्दोलनका कार्यक्रम बनाइएको छ ।

चरणबद्ध आन्दोलनपछि पनि सरकारले माग सुनुवाइ नगरे राष्ट्रिय गौरवका आयोजना सहित सबै किसिमका निर्माणका काम ठप्प पारिने महासचिव दाहालले जानकारी दिए ।

पछिल्लो पटक निर्माण सामग्रीको भाउ बढिरहनु, सरकारले लामो समयदेखि बक्यौता भुक्तानी नगर्नु, नेपाल राष्ट्र बैंकले उपलब्ध गराएका सुविधा कटौती हुनुजस्ता कारण निर्माण व्यवसाय समस्यामा परेको महासंघ महासचिव दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *