
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्।
आज सर्वोच्च अदालतको आदेशबाट पुन:स्थापित प्रतिनिधि सभाको बैठक बस्दै छ। सोही बैठकमार्फत प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्।
संसद् सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभा बैठक आज दुई चरणमा बस्नेछ। दोस्रो चरणको बैठकमा देउवाले विश्वासको मत लिने स्रोतले बताएको छ …
