
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरीद प्रक्रिया चुस्त रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ ।
आइतबार सिंहदरवारमा स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक र खोप महाशाखा प्रमुखलाई बोलाएर प्रधानमन्त्री देउवाले खोप किन्ने प्रक्रिया चुस्त बनाउन निर्देशन दिनुभएको हो ।
यसैगरी, उहाँले अधिकारीहरुलाई खोप केन्द्रमा भएको भीड व्वस्थापनका लागि खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ …
