
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने/नपाउने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको निर्णयमा निर्भर छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान हुने संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
सर्वोच्च अदालतको परमादेश अनुसार, २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले पुन:स्थापित प्रतिनिधि सभा बैठकको पहिलो दिन नै विश्वासको मत लिन लागेका हुन्। ७ जेठमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदले राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए …
