
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ गराएको छ ।
कम्पनीले निष्कासन गर्ने आइपीओलाई इक्रा नेपालले इक्रा एनपीआइआर बिबि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ । कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि रेटिङ गराएको हो …
