
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको विश्वास प्राप्त गरेका छन्। आइतबार प्रतिनिधि सभामा भएको मतदानमा देउवाले गरेको प्रस्तावको पक्षमा स्पष्ट बहुमत प्राप्त भएको हाे।
देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको थियाे। मतदानमा सहभागी २४९ जना प्रतिनिधि सभा सदस्यमध्ये राप्रपा विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्यो भने नेपाल मजदुर किसान पार्टी मतदानमा सहभागी भएन।
देउवलाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन्। विश्वासको मत प्राप्त गरेसँगै उनले अब झण्डै डेढ वर्ष सरकार चलाउनेछन् …
