
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका एकजना डिनले अध्ययन विदा लिएर राजनीतिक नियुक्ती लिएको खुलासा भएको छ ।
इन्जिनियरिङ संकायका डिन अनन्तराज घिमिरेले अध्ययन विदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रवन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् । सो कम्पनीको अध्यक्ष ऊर्जा मन्त्रालयको सचिव हुने व्यवस्था छ ।
सहप्राध्यापक घिमिरेले एक वर्षे अध्ययन विदा लिएर चार वर्षे अवधि रहने (प्रवन्ध निर्देशक) पदमा नियुक्ति लिएका हुन् । ई. घिमिरे तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीको पालामा नियुक्त भएका हुन् । घिमिरे स्वयंले अध्ययन विदा स्वीकृत गराएर राजनीतिक नियुक्ति लिएको अनलाइनखबरसँग स्वीकार गरेका छन् …
