
काठमाडौं । लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका आठ व्यक्तित्वहरूलाई शनिबार विशेष सम्मान गरेको छ। विगत २६ वर्षदेखि कलामन्दिरले निरन्तर स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ।
साहित्यकला मन्दिरले नेपाली वैज्ञानिक महावीर पुन आबद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई गंगादेवी चौधरी स्मृति सम्मान, अग्रज साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीलाई सरस्वती गद्य सम्मान, वरिष्ठ इतिहास–संस्कृतिविद् प्रा. डा. वीणा पौड्याललाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, वरिष्ठ चित्रकार प्राज्ञ रागिनी उपाध्यायलाई अरनिको ललितकला सम्मान, वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठलाई गोपालप्रसाद रिमाल काव्य सम्मान, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीलाई नारायणगोपाल संगीत सम्मान, वरिष्ठ रंगकर्मी वीरेन्द्र हमाललाई बालकृष्ण सम रंग सम्मान र चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाल नवप्रतिभा सम्मानबाट सम्मानित गरिएको हो …
