भिडियोको छायांकन बढेपछि उपकरण व्यवसायीलाई राहत

भिडियोको छायांकन बढेपछि उपकरण व्यवसायीलाई राहत
This image has an empty alt attribute; its file name is Rajdhani.jpg

काठमाडौं । राजधानीको सीतापाइलास्थित चलचित्र उपकरण व्यवसाय कम्पनी भिडियोक्राफ्ट नेपाललाई केही दिनयताबाट राहत मिलेको छ । सो कम्पनीका सञ्चालक विष्णु श्रेष्ठका अनुसार गत साताबाट म्युजिक भिडियो, वेभ सिरिज र हास्य सिरियलको छायांकन बढेको छ । दैनिक २ वटासम्म भिडियो तथा वेभ सिरिजको छायांकनका लागि आफूहरूले गत साताबाट उपकरण भाडामा पठाउँदै आएको श्रेष्ठले बताए ।

सीतापाइला, स्वयम्भु, कलंकीदेखि नैकपा, बलम्बु क्षेत्रसम्मका सिनेकर्मी तथा संगीतले यही कम्पनीबाट म्युजिक भिडियो तथा टेली शृंखलाको छायांकनका लागि यही कम्पनीबाट उपकरण भाडामा लैजाने गरेका छन् । कोरोनाको संक्रमणमा कमी आएसँगै आफूहरूको उपकरण भाडामा जाने क्रम बढेको पनि श्रेष्ठले बताए …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.