
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ भने १ हजार ५९५ जना निको भएका छन् ।
मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ । तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् …
