नेपालमा प्रतिबन्धित रेड बुल ब्रिक्री गर्ने ४ जना पक्राउ

नेपालमा प्रतिबन्धित रेड बुल ब्रिक्री गर्ने ४ जना पक्राउ
This image has an empty alt attribute; its file name is NepalLive-2.jpg

काठमाडौं । क्याफिनयुक्त ‘शक्तिवर्द्धक’ पेय पदार्थ रेड बुल बिक्री वितरण तथा ओसार पसार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले २ असार २०७६ मा राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा क्याफिनयुक्त पेय पदार्थ बिक्री वितर तथा आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। तर, लुकाइछिपाइ क्याफिनयुक्त रेडबुल बिक्री गरिरहेको पाइएको प्रहरीले जानकारी दिएको छ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटार लगायत क्षेत्रमा निलो कलरको बोत्तलमा प्याक भएको प्रतिबन्धित रेड बुल बिक्री वितरण गरिरहेका ४ जनालाई पक्राउ गरेको हो …

Leave a comment

Send a Comment

Your email address will not be published.