देशका सबै सामुदायिक क्याम्पसमा २ वर्षसम्म निःशुल्क इन्टरनेट

देशका सबै सामुदायिक क्याम्पसमा २ वर्षसम्म निःशुल्क इन्टरनेट
This image has an empty alt attribute; its file name is TechPana.jpg

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरञ्चार प्राधिकरणले अब देशका सम्पूर्ण सामुदायिक क्याम्पसमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । सरकारको नीतिगत निर्देशनका आधारमा प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत याे कार्यक्रम अघि बढाएको हो ।

यसअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको निर्देशनमा यो कार्यक्रम अघि सारिएकाे थियाे । गुरुङको निर्देशनमा पहिलो चरणमा प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका सामुदायिक विद्यालयबाट यसको प्रक्रिया अघि बढाएको थियो । तर, अब भने प्राधिकरणले आफ्नो बजेटमै समावेश गरेर देशका सबै सामुदायिक क्याम्पससम्म निःशुल्क इन्टरनेट दिने याेजना अघि बढाएको हो …

Leave a comment

Send a Comment

Your email address will not be published.