
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट रहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई फेरि एक पटक मिलेर अघि बढ्न आह्वान गरेका छन्। ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई पनि सम्झिँदै उनले एमालेको विवादले आन्दोलन कमजोर भएको भन्दै मिलेर अघि बढ्ने प्रस्ताव माधव पक्षसँग राखेका हुन्। ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ’, उनले अगाडि भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ …
Leave a comment