जसपा विवाद : आयोगले कार्यकारिणी समितिका सबै सदस्यलाई बोलायो

जसपा विवाद : आयोगले कार्यकारिणी समितिका सबै सदस्यलाई बोलायो
This image has an empty alt attribute; its file name is NepalKhabar-2.jpg

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद निरुपणका लागि कार्यकारिणी समितिका ५१ सदस्यलाई नै बोलाएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता बखत हस्ताक्षर गरेका कार्यकारिणी समितिका ५१ जना सदस्यलाई साउन ११ गते उपस्थित हुन भनिएको छ।

‘जनता समाजवादी दल गठन हुँदाका बखत केन्द्रीय कार्यकरिणी समिति सदस्यका रुपमा हस्ताक्षर गरेका ५१ जनालाई नै सनाखतका लागि बोलाइएको छ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘उनीहरुलाई नागरिकताको सक्कल प्रति वा मतदाता परिचयपत्रसहित उपस्थित हुन आयोगको इजलासबाट आदेश भएको छ …

Leave a comment

Send a Comment

Your email address will not be published.