‘प्रेम रतन धन पायो’ गीतकी गायिका पलकलाई मानार्थ डाक्टर उपाधि

‘प्रेम रतन धन पायो’ गीतकी गायिका पलकलाई मानार्थ डाक्टर उपाधि
This image has an empty alt attribute; its file name is Ratopati.jpg

बलिउड गायिका पलक मुच्छल सुरिलो स्वरका कारण सबैको मन जित्न सफल छिन् । फ्यान उनका गीतलाई निकै रुचाउने गर्दछन् । अहिले फेरि यी गायिकाले ठुलो सफलता प्राप्त गरेकी छन् । अमेरिकाको विश्वविद्यालय युएसएले उनलाई मानार्थ डाक्टरको उपाधि दिएको छ । जसको जानकारी उनी आफैले सामाजिक सञ्जाल मार्फत केही तस्बिर सार्वजनिक गर्दै जानकारी गराएकी छन् । तस्बिरमा उनले सम्मान लिदै गरेको देख्न सकिन्छ ।

तस्विरका पोष्ट गर्दै उनले ‘ग्लोबल पिसका लागि अमेरिकन युनिभर्सिटी युएसएद्धारा मानार्थ डाक्टरको उपाधि प्राप्त भयो ।’ फ्यान उनको यो सफलतामा बधाई दिइरहेका छन् । पलकले बलिउडमा कयौं चर्चित गीत दिएकी छन् । जसमा ‘प्रेम रतन धन पायो’ ‘एक दो तीन’, ‘कौन तुझे’ लगायत रहेका छन् । गायनको अलवा पलक समाजसेवाका कारण समेत चिनिने गरेकी छन् …

Leave a comment

Send a Comment

Your email address will not be published.