हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा बाबुरामविरुद्ध प्रदर्शन

हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा बाबुरामविरुद्ध प्रदर्शन
This image has an empty alt attribute; its file name is KhabarHub.jpg

काठमाडौँ । हिन्दू धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय एकता अभियानले पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ ।

भट्टराईले हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै अभियानले प्रदर्शन गरेको हो । अभियानका कार्यकर्ताहरुले भट्टराईविरुद्ध चर्को नारा लगाउँदै उनको पुत्ला समेत दहन गरेका छन् ।

अभियानका कार्यकर्ताहरुले ‘इसाईका दलाल बाबुराम–मुर्दावाद’, ‘देश वेचुवा बाबुराम–मुर्दावाद’, ‘रक्तचुसक बाबुराम –मुर्दावाद’ र मातृभूमिका गद्दार–मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका सहभागी अभियन्ता मनिषले पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै हिन्दुत्वविरोधी घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे …

Leave a comment

Send a Comment

Your email address will not be published.