
काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा ग¥यो। सर्वोच्चको असार २८ को आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५ सय १ सदस्यीय युथ फोर्स कमान्ड घोषणा गरियो। क्षितिज थेबेको नेतृत्वमा पुर्नगठनपछि युथ फोर्सले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि बाल्कोटसम्म ओलीलाई मोटरसाइकल र गाडीको लावालस्करसहित स्कर्टिङ ग¥यो। त्यसको नेतृत्व युथ फोर्सका पूर्वकमान्डर महेश बस्नेतले गरेका थिए।
पार्टीभित्र तीव्र विवाद चर्किरहेकै बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विद्यार्थीले पनि असार २९ गते तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरे। ‘ओली समूहलाई काउण्टर दिन अखिल फोर्स गठन गरेका हौं,’ घोषणासभामा नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, ‘अब देशभरका क्याम्पस र जिल्लाहरूमा गठन गरेर अघि बढ्छौं …
Leave a comment