निषेधाज्ञा खुलेसँगै बढ्यो संक्रमण, तेस्रो लहर आउनसक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

निषेधाज्ञा खुलेसँगै बढ्यो संक्रमण, तेस्रो लहर आउनसक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
This image has an empty alt attribute; its file name is Thaha-Khabar.jpg

काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागेको छ। पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।

सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको हो। निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले संक्रमणको दर बढेको पाइएको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि संक्रमणदर पनि बढिरहेको बताए। निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन्। यसबाट संक्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ …

Leave a comment

Send a Comment

Your email address will not be published.