
काठमाडौं । अमेरिकाले नेपालमा भ्रष्टाचार र राजनीतिक अनिश्चितताका कारण विदेशी लगानीको वातावरण नबनेको बताएको छ। अमेरिकी विदेश मन्त्रालयले हालै सार्वजनिक गरेको २०२१ इन्भेस्टमेन्ट क्लाइमेट स्टेटमेन्ट नेपाल प्रतिवेदनमा नेपालमा लगानीको वातावरण नबन्नुलाई भ्रष्टाचार मुख्य कारक भएको बताएको छ।
अमेरिकाले नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार जस्ता क्षेत्रमा लगानी गर्न सकिने क्षमता भए पनि वैदेशिक लगानी आकर्षित गर्न सरकारी दृढता पर्याप्त नभएको बताएको छ।
प्रतिवेदनमा भ्रष्टाचार, कानुनी अडचन, दल सम्बद्ध ट्रेड युनियनले गर्ने आन्दोलन, राजनीतिक दल भित्रको आन्तरिक विवादलगायतका कारण वैदेशिक लगानी आकर्षित नभएको उल्लेन गरिएको छ। साथै अमेरिकाले नेपालले एमसीसी कम्प्याक्ट संसदबाट हालसम्म अनुमोदन गर्न नसकेकाले वैदेशिक लगानीकर्तामा राम्रो सन्देश नगएकोसमेत बताएको छ …
Leave a comment