नेपाली महिला कलाकार

नेपाली महिला कलाकार
This image has an empty alt attribute; its file name is Nagarik-4.jpg

नेपाली महिला कलाकारबारे हामीसँग लघु ऐतिहासिक आलेख मात्रै छन्। २०२२ सालमा राष्ट्रियस्तरमै तत्कालीन युवराज वीरेन्द्र शाहको पहलमा नेपाल ललितकला (नाफा) संस्थाको स्थापना भयो। गर्भमै रहेका धेरै कला सार्वजनिक हुँदा यसै वेलादेखि कला र कलाकारका बारेमा केही मात्रामा अभिलेखन हुन थाल्यो। राष्ट्रिय कला प्रदर्शनी शुभारम्भ गरेर अगाडि बढे पनि यो संस्था (नाफा)ले अभिलेखन वा दस्ताबेजीकरण पाटोलाई शुभारम्भ गरेन। यसो हुँदा आज त्यस वेलाका महिला कलाकारको अवस्था थाहा पाउन सकिन्न। त्यति वेला कला अनुसन्धान तथा अभिलेखनलाई तीव्रताका साथ अगाडि बढाइएको भए महिला कलाकारका नाम र काम देखिन सक्थ्यो। तैपनि अन्य धेरै स्रोतका आधारमा आज महिला कलाकारको लेखाजोखा गर्दा केही तथ्य फेला पर्छन्।

ललित कला संस्थाको स्थापनाका वेला कार्यकारिणी सदस्यमा दुई महिला कलाकार शिलु प्यारी र प्रमिला गिरी रहेको देखिन्छ। यसबखत ४३ कलाकार साधारण सदस्य रहेको यो संस्थामा आठजना मात्र कलाकार महिला समावेश छन्। ती कलाकार महिलामध्ये आज सक्रिय रहेकामा प्रमिला गिरी मात्र देखिन्छिन्। केही महिला कलाकार दिवंगत भए, केही विविध कारणवश सक्रिय हुन सकेनन्। आज ती अधिकांशका बारेमा सामान्य जानकारी पनि हामीसँग छैन। कलाविद् नारायणबहादुर सिंहले २०३३ सालमा लेखेको ‘समसामयिक चित्रकलाको इतिहास’मा समेत निकै कम कलाकार महिलाको उल्लेख छ। माथि उल्लेख गरिएका बाहेक विशेष रूपमा उल्लेख गरिएका कलाकारमा सुधारत्न खतिवडा, सुधा मानन्धर, विद्या श्रेष्ठ, बेटी बज्राचार्य छन्। यी कलाकारभन्दा अगाडि वि.सं. १८६६ मा जन्म भएका राजमान चित्रकारको चर्चा हुँदा त्यसवेलाका कुनै महिला कलाकारको नाम उल्लेख भएको देखिँदैन …

Leave a comment

Send a Comment

Your email address will not be published.