भाेलिदेखि एसईईको मूल्यांकन रुजु गरिने

भाेलिदेखि एसईईको मूल्यांकन रुजु गरिने
This image has an empty alt attribute; its file name is OnLine-Khabar-3.jpg

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबारदेखि एसईईको मूल्यांकन रुजु गर्ने भएको भएको छ । आइतबारसम्म पर्सा र रौतहटबाहेक सबै जिल्लाको मूल्यांकन नतिजा परीक्षा नियन्त्रण कार्यालयमा प्राप्त भएको बोर्डले जनाएको छ ।

बाँकी दुई जिल्लाको मूल्यांकन पनि अबेरसम्ममा आइसक्ने भएकाले सोमबारदेखि प्राप्त मूल्यांकन रुजु एवं तालिकीकरणको काम शुरु हुने एसईई परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । ‘आज अबेरसम्म सबै मूल्यांकन आइसक्ने भएकाले भोलिदेखि हामी रुजु तथा टेबुलेसन गर्ने काम शुरु गर्छौं,’ उनले भने …

Leave a comment

Send a Comment

Your email address will not be published.