सदाबहार गुरु : सुनिल पोखरेल

सदाबहार गुरु : सुनिल पोखरेल
This image has an empty alt attribute; its file name is OnLine-Khabar-3.jpg

‘टाइम क्या हुआ है ?’ दिल्लीको नेशनल स्कूल अफ ड्रामा (एनएसडी)मा छँदा इरफान खान, सुनिल पोखरेल सहितका सहपाठी चिया पिउन राति होस्टलबाट निस्किएका थिए । एक बटुवाले सोध्यो । कसैसँग घडी थिएन ।

त्यसबखत इन्दिरा गान्धीको हत्या भएको र सुरक्षा व्यवस्था कडा बनाइएको थियो । तब, इरफानले तात्तातो जवाफ फर्काए, ‘टाइम बहुत खराब है भाइसाहब, घर जाइए ।’

यो वितेको कुरा । दिग्गज अभिनेता इरफान सांसारिक जीवनबाट अलग भइसके ।

अतः यतिबेला सुनिल पोखरेलको ‘समय’ भने बडो प्रेमिल छ । आफ्ना शिष्यहरूको श्रद्धा र स्नेहले उनी गद्गद् छन् । कोरोना त्रासमा पनि हार्दिकताले उनको ‘चरण स्पर्श’ गर्न शिष्यहरूको ओइरो लागेको छ ।

शनिबार मध्यान्ह । गुरुपूर्णिमाको दिन । अनामनरस्थित मण्डला थिएटरबाट थोरै भित्र छिरेपछि सानो टहरा भेटिन्छ । त्रिपालको छानो लगाइएको सोही टहरामा सानो–तिनो मेला लागेको छ । फलफूल, केक, मिठाई बोकेर आउने तन्नेरीहरूको माझमा घेरिएका छन्, सुनिल पोखरेल …

Leave a comment

Send a Comment

Your email address will not be published.