इजरायलबाट एक हजार कामदारको माग: विज्ञापन चाँडै गरिने

इजरायलबाट एक हजार कामदारको माग: विज्ञापन चाँडै गरिने
This image has an empty alt attribute; its file name is GorakhaPatra-Online.jpg

काठमाडौँ । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक/डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिनुुभयो ।

मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उहाँले स्पष्ट गर्नुभयो । “नेपाल कोरोना सङ्क्रमण उच्च जोखिममा नै रहेकाले तत्कालै विज्ञापन खुलाउने अनुमति दिनलाई गाह्रो मान्छ कि भन्ने मात्रै हो,” उहाँले भन्नुभयो, “विदेश जानेलाई खोप आइसकेकाले यति कारणले रोक्दैन कि भन्ने लागेको छ …

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *