कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई दिने मन्त्रिपरिषद्को निर्णय

कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई दिने मन्त्रिपरिषद्को निर्णय
This image has an empty alt attribute; its file name is OnLine-Khabar-3.jpg

काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।

अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका छन् । थापा विदा बसेबाट लागू हुने गरी शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन सिफारिस गरिएको स्राेतको भनाइ छ …

Leave a comment

Send a Comment

Your email address will not be published.