
प्रशान्त किशोर साधारण राजनीतिक परामर्शदाता होइनन्।
उनको भनाइअनुसार किशोर टीभीमा समाचार विरलै हेर्छन्। पत्रिका पढ्दैनन्। इमेल लेख्दैनन्, कुनै टिपोट राख्दैनन्। र, उनले एक दशकयता ल्यापटप प्रयोग गरेका छैनन्। उनले प्रयोग गर्ने एक मात्र ‘ग्याजेट’ भनेको फोन हो।
किशोरले बितेका तीन वर्षमा ८६ वटा ट्विट लेखेका छन्। जहाँ उनका ५० लाख फलोअर्स छन्।
‘काम र जीवनबीच सन्तुलन हुनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ,’ उनले भने, ‘कामबाहेक कुनै पनि कुरामा मेरो रुचि छैन।’…
Leave a comment