
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेता हिजो पार्टीबाट निष्कासित गरिए। अब उनीहरुको संसद सदस्यतासमेत धरापमा परेको छ। मधेशमा निकै प्रभाव जमाउन सफल हुँदै आएको ठाकुर नेतृत्वको टोली यतिबेला न पार्टी न सरकार न संसदको अवस्थामा बिचल्लीमा परेको छ।
नेपाली राजनीतिमा भारतको संस्थापन पक्षको विश्वासअनुसार नै आफ्ना गतिविधि सञ्चालन गर्ने भनी चिनिएको ठाकुर र राजेन्द्र महतोको यो समूहको यसरी हरिविजोग हुने अवस्था के कारणले उत्पन्न भयो ?
नेकपाका अध्यक्ष केपी शर्मा ओलीका कट्टर आलोचक थिए महन्थ ठाकुर र राजेन्द्र महतो। अन्तर्राष्टिय क्षेत्रमा समेत सन् २०१५ र त्यसयताका मधेश आन्दोलन दमनमा ओलीको प्रत्यक्ष संलग्नता भएको आरोपसहित उनलाई मानवअधिकार हनन्मा अन्तर्राष्ट्रिय निकायबाटै आरोपित गर्ने अथक प्रयास यो समूहले गतबर्षसम्म निरन्तर जारी राखेको थियो …
Leave a comment