थप साढे १५ अंकले बढ्यो नेप्से, सेयर बजार परिसूचक ३१ सय नजिक

थप साढे १५ अंकले बढ्यो नेप्से, सेयर बजार परिसूचक ३१ सय नजिक
This image has an empty alt attribute; its file name is Ratopati-1.jpg

सेयर बजार परिसूचक नेप्से बुधबार थप १५.३० अंकले वृद्धि हुँदै ३१ सय नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत मंगलबार अधिकतम २९.२४ अंकले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेकोमा बुधबार थप १५.३० अंकले बढेर नेप्से ३ हजार ९४.९४ विन्दुमा पुगेको हो ।

यस दिन बैकिङ्ग, हाइड्रो पावर, म्युचुअल फण्ड बाहेकका प्रायः सबैजसो समूहहरूको बजार चम्किदा समग्र नेप्से सूचकमा १५ अंकमाथिको सुधार आएको हो ।

नेप्सेका अनुसार यस कुल २१९ कम्पनीका २ करोड ८२ लाख ७० हजार कित्ता माथिको सेयर बजारमा १ लाख २८ हजार पटक बढी किनबेच हुँदा १३ अर्ब २९ कारोड १९ लाखको कारोबार भएको छ …

Leave a comment

Send a Comment

Your email address will not be published.