मन्त्रीको व्यक्तिगत चाहनामा रोकियो एनसेल र स्मार्टको फाइभजी परीक्षण

मन्त्रीको व्यक्तिगत चाहनामा रोकियो एनसेल र स्मार्टको फाइभजी परीक्षण
This image has an empty alt attribute; its file name is TechPana-1.jpg

काठमाडौं । एनसेल र स्मार्ट टेलिकमलाई फाइभजी परीक्षण गर्न नदिनुमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको एकोहोरो जिद्दीले काम गरेको देखिएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि सेवाप्रदायकलाई अनुमति दिने प्रस्ताव ल्याएकोमा मन्त्री गुरुङले हस्तक्षेप गरेका थिए ।

रेडियो फ्रिक्वेन्सी नीति निर्धारण तथा बाँडफाँड गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीको अध्यक्षतामा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिमार्फत पारित गराउनुपर्ने कानूनी व्यवस्था छ । जसमा गृह, रक्षा, पर्यटन तथा नागरिक उड्डयन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष सदस्यको रुपमा रहन्छन् …

Leave a comment

Send a Comment

Your email address will not be published.