नेपालमै गाडी एसेम्बल गर्ने योजनामा सुजुकी र हुन्डाई

नेपालमै गाडी एसेम्बल गर्ने योजनामा सुजुकी र हुन्डाई
This image has an empty alt attribute; its file name is OnLine-Khabar-3.jpg

काठमाडौं । पछिल्ला वर्षमा नेपालमा सवारीहरुको एसेम्बल गर्ने प्लान्ट खोल्न भन्दै उद्योग दर्ता हुने क्रम बढेको छ । स्वदेशी र विदेशी कम्पनीले सवारी एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न भन्दै उद्योग दर्ता गर्ने क्रम बाक्लिएको हो । अहिले कोरियाको हुन्डाईदेखि जापानको सुजुकीसम्मका ब्रान्डले नेपालमै एसेम्बल प्लान्ट खोल्न उदोग दर्ता गरेका छन् ।

२०७६ सालमा लगानी बोर्डमा कोरियन कम्पनी मोट्रेक्सले निश्चित वर्षसम्म आफ्नो मात्रै एसेम्बल उद्योग नेपालमा रहने ग्यारेन्टी मागेपछि उद्योग दर्ताको क्रम बढेको थियो । बजारमा ब्रान्ड नै नभएको कम्पनीले एसेम्बलमा एकलौटी बजार कब्जा गर्ने देखेपछि नेपालमै एसेम्बली प्लान्ट खोल्ने सोच बनाएका लगानीकर्ताहरु उद्योग दर्ता गर्न आइरहेको उद्योग विभाग स्रोत बताउँछ । तत्कालै कसैले उद्योग खोलेर काम थालिहाल्ने अवस्था नभएपनि उद्योग दर्ता गरेर राख्ने सोच उद्योगीहरुमा देखिएको विभाग एक अधिकारी बताउँछन् …

Leave a comment

Send a Comment

Your email address will not be published.