सरकारको ढिलासुस्ती : न बजेट, न मौद्रिक नीति, न श्वेतपत्र

सरकारको ढिलासुस्ती : न बजेट, न मौद्रिक नीति, न श्वेतपत्र
This image has an empty alt attribute; its file name is Ratopati-1.jpg

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट नयाँ सरकारले परिमार्जन गरिने बताएको दुई साता भइसक्यो । बजेट परिमार्जनमा ढिलाइ भएसँगै नयाँ आर्थिक वर्षको मौद्रिक नीतिसमेत रोकिएको छ । नयाँ सरकार गठन भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरिने बताएका थिए । तर, श्वेत पत्र पनि अहिलेसम्म जारी हुन सकेको छैन ।

श्वेतपत्रको गृहकार्य जारी रहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । अर्थमन्त्री शर्माका प्रेस सल्लाहकार सचिन रोक्काले भने, ‘अहिले अर्थमन्त्रीज्यू बजेट कार्यान्वयनको सन्दर्भमा र श्वेतपत्र जारी गर्ने सम्बन्धमा नै व्यस्त हुनुहुन्छ । विभिन्न सरोकारवाला व्यक्ति तथा निकायहरुसँग दिनहुँ भेटवार्तामा हुनुहुन्छ ।’ …

Leave a comment

Send a Comment

Your email address will not be published.