‘प्रधानमन्त्री देउवालाई संसदीय भाषामा मात्रै कुलपति मान्छु, मेरा कुलपति ओलीनै हुन्’

‘प्रधानमन्त्री देउवालाई संसदीय भाषामा मात्रै कुलपति मान्छु, मेरा कुलपति ओलीनै हुन्’
This image has an empty alt attribute; its file name is Nagarik-4.jpg

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह आफ्नै अभिव्यक्तिले विवादमा तानिएका छन्। सिंहले तीन दिनअघि नेकपा एमालेको केपी शर्मा ओलीनिकट विद्यार्थीहरुसँगको कार्यक्रममा दिएको मन्तव्यको अडियो रेकर्ड बाहिरिएको छ। अडियो रेकर्डमा आफू एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवादको पक्षधर भएकाले प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति शेरबहादुर देउवालाई ‘संसदीय भाषामा मात्रै’ कुलपति मान्ने अभिव्यक्ति दिएका छन्।

‘संसदीय भाषामा भन्दा शेरबहादुर देउवालाई कुलपति भनौंला,’ सार्वजनिक भएको अडियोमा उपकुलपति प्रा.डा. सिंहले भनेका छन्, ‘तर, मेरो कुलपति केपी ओली हो।’ उनले आफ्ना लागि एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवाद महत्वपूर्ण भएको दावी गरेका छन्। उनले केपी ओलीले लिएको तीन वर्षको राष्ट्रवादी आन्दोलन, त्यसको एकीकृत मनोभावनालाई लिएर जनताको बीचमा जानु आवश्यक रहेको बताएका छन् …

Leave a comment

Send a Comment

Your email address will not be published.