
चीनले थप ६० लाख डोज कोभिड १९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीनले खरिद प्रक्रियाबाटै सो खोप दिन तयार भएको हो। स्वास्थ्य तथा जनसंख्या सचिव डा. रोशन पोखरेलका अनुसार यीसहित चीनले नेपालका लागि १ करोड ४४ लाख खोप दिनेछ। यी खोपमध्येमा १ करोड २० लाख खरिद प्रक्रियाअन्गर्तत र ३४ लाख अनुदान स्वरुप दिनेछ।
दुई महिनाअघि घोषणा गरेको ५० लाख डोज खोप चीनले नेपाललाई पठाइसकेको र अनुदानको रुपमा दिने थप १६ लाख खोप दिने क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। ‘चीनले आवश्यक थप खोप दिने भएको छ, यो हिसाबले नेपालले सन् २०२१ भित्रै धेरै जनसंख्यालाई खोप लगाइसक्नेछ,’ उनले भने …
Leave a comment