चीनबाट अन्तिम खेप खोप आइपुग्यो, कुल ९७ लाख ८२ हजार

चीनबाट अन्तिम खेप खोप आइपुग्यो, कुल ९७ लाख ८२ हजार
This image has an empty alt attribute; its file name is GorakhaPatra-Online.jpg

काठमाडौं । चीनबाट सरकारले खरिद गरेको ४० लाख भेरोसेल खोप ‘डोज’ आज(शुक्रबार)सम्ममा काठमाडौं आइपुगेकाे छ । पाँचौ पटक नेपाल वायुसेवा निगमको वाइडवडी ३३० जहाजले बेइजिङबाट थप खोप ल्याएसँगै ४० लाख खोप काठमाडौं आइपुगेको हो ।

शुक्रबार दिउँसो २ः०५ बजे खोप काठमाडौं आइपुगेको नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख वरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिनुभयो । निगमको जहाजले यसअघि चार कार्गो उडानबाट आठ लाख डोजका दरले ३२ लाख खोप ल्याइ सकेको उहाँले जानकारी दिनुभयो । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण शुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत जम्मा ४० लाख डोज खोप खरिद गरेको थियो …

Leave a comment

Send a Comment

Your email address will not be published.