
काठमाण्डू उपत्यकाका केही ठाउँमा पैसा तिरेर कोभिड खोप पाइने गरेको र त्यस्ता खोप लगाउन हुने वा नहुने भन्दै आफूलाई फोन आउने गरेको एक चिकित्सकले बताएका छन्।
“फलानोले त खोप लगाइसक्यो, हामीले लगाउँदा हुन्छ कि हुँदैन भनेर एक-दुई महिनायता नियमितजसो मानिसहरूले फोन गरेर सोध्ने गरेका छन्,” नाम उल्लेख नगर्ने सर्तमा ती चिकित्सकले शुक्रवार बीबीसी नेपालीसँग भने।
“राज्यले निःशुल्क लगाइरहेको खोप पैसा तिरेर किन लगाउनुहुन्छ? भनेर हामीले त्यसरी सोध्नेहरूलाई निरुत्साहित गर्ने गरेका छौँ,” उनले थपे …
Leave a comment