
सरकारले खोप ल्याउन निजी क्षेत्रलाई स्वीकृति दिइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जनाएका छन्।
स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले तोकेको प्राथमिकताको समूहलाई खोप लगाउने गरी स्वीकृति दिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपहरू उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति दिइसकेको जानकारी गराउँदछौं …
Leave a comment