फेरि विवादमा दुर्गेशको 'तीज गीत'

फेरि विवादमा दुर्गेशको 'तीज गीत'
This image has an empty alt attribute; its file name is Kantipur-3.jpg

काठमाडौँ । गायक दुर्गेश थापा गीतकै कारण फेरि एकपटक विवादमा तानिएका छन् । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत सार्वजनिक गरेर होस् या ‘बीच्चबीच्च-३’ मा साडी लगाएर गीत गाउँदा विवादमा तानिएका थिए । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले सामाजिक सहिष्णुता बिगारेको भन्दै प्रहरीले उनलाई पक्राउसमेत गरेको थियो । यसपालि भने तीज लक्षित गर्दै सार्वजनिक गरेको ‘बीच्चबीच्चमा-४’ ले उनी विवादमा तानिएका हुन् ।

६ दिनअगाडि युट्युबमा सार्वजनिक भएको ‘बीच्चबीच्चमा-४’मा प्रयोग गरिएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आपत्ति जनाएको छ । यसअघि गीतको प्रोमो सार्वजनिक हुँदा नै प्रतिष्ठानले दुर्गेशलाई पत्र काटेको थियो । संस्थाको विकृति/विसंगति न्यूनिकरण समितिले गीतमा प्रयोग भएको ‘ख्यास्स पुतली’ शब्दको फेरबदल गर्नसमेत पत्रमार्फत ध्यानाकर्षण गराएको थियो …

Leave a comment

Send a Comment

Your email address will not be published.