नेपाली आमसञ्चारमा बौद्धिक विमर्श

नेपाली आमसञ्चारमा बौद्धिक विमर्श
This image has an empty alt attribute; its file name is GorakhaPatra-Online.jpg

विश्वव्यापी महामारी कोभिड–१९ का कारण मानिसको चलफिरमा बाधा उत्पन्न भएको पनि दुई वर्ष हुन थालिसक्यो । यही कारण आमसञ्चारका रूप र विषयवस्तुसमेत प्रभावित भइरहेका छन् । यस अवधिमा इन्टरनेटमा आधारित अनलाइन माध्यम सहज र मितव्ययीसमेत साबित हुन थालेका छन् । त्यसैले पाठक, श्रोता र दर्शकको आकर्षण अनलाइन माध्यमतर्फ बढिरहेको छ । परम्परागत रूपमा छापा, श्रव्य वा दृष्यका माध्यम रेडियो वा टेलिभिजनबाट उपलब्ध हुने विषयवस्तुको प्रसार गर्ने जिम्मा अब धेरै हदसम्म अनलाइन प्रविधिले लिइसकेको देखिन्छ तर अनलाइन माध्यमको बढ्दो प्रचलन र विकाससँगै नेपाली आमसञ्चार जगत्मा गहन एवं घटनाको पृष्ठभूमिबारे बताउने विस्तारित सामग्री घट्दै जान थालेका छन् । अहिलेका आमसञ्चार माध्यममा अति संक्षिप्त र छरिएका टुक्राटाक्री सामग्री नै बढी प्रसारित भएका देखिन्छन् । सम्पादनका आवश्यक प्रक्रिया पूरा गरेर मात्र सामग्री तयार गर्ने विश्वसनीय र भरपर्दो माध्यमभन्दा बढी अविश्वसनीय र अघिपछि नचिनिएका आमसञ्चार माध्यमका सामग्रीको सामाजिक सञ्जालहरूबाट समेत प्रसार भइरहेको देखिन्छ ।

झन्डै एक दशकयता नेपालमा पनि निकै व्यापक रूपमा पढिने, सुनिने वा हेरिने सामग्रीको प्रस्तुतिका लागि विभिन्न माध्यमको प्रयोग गरिँदै आएको छ, आमसञ्चार माध्यमहरू विज्ञान र प्रविधिको विकाससँगसँगै विस्तारित हुँदै गएका छन् तर प्रविधिको प्रयोग वैचारिक र गहन विश्लेषणभन्दा धेरै तत्कालका सूचनाहरूको सङ्कलन र प्रस्तुतिमै बढी भइरहेको देखिन्छ । समाजको बौद्धिक परम्परालाई तत्कालका सूचना भनेर पस्किने गरिएका सतही, अपरिष्कृत र अपुष्ट सामग्रीले अगाडि बढाउन सक्दैन …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.