
प्रमुख प्रतिपक्षी नेकपा एमालेको विवाद झन् झन् कचल्टिएको छ। अध्यक्ष केपी शर्मा ओलीले गत बधुबार आज शनिबारसम्म विवाद वारपार गर्न दोस्रो तहका नेतालाई थापाथलीबाट निर्देशन दिएका थिए।
दैनिक थापाथली आउने वाचा गरेका उनले त्यहीँबाट चार दिनमा वारपार गर्न दिएको समयसीमा पनि आज गुज्रिँदैछ। तर एमालेको विवाद मिल्नुको साटो झन् झन् नमिल्ने दिशातिर गइरहेको छ।
असार २७ गते राति जुटाएको १० बुँदे सहमति एमालेले अनुमोदन त गरेको छ तर त्यो कार्यान्वयन हुने सम्भावना कम छ। कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरुले सहमतिले पार्टीलाई एक बनाउने विश्वास गरेका थिए। तर वरिष्ठ नेता नेपालले नै उक्त सहमतिमाथि प्रश्न उठाउँदै ओलीले फेरि धोका दिने भन्दै मिल्नका लागि एकपछि अर्को शर्त राखिरहेका छन् …
Leave a comment